दशैंको यात्रा मा ठूला ट्रकहरुलाई काठमाडौंमा प्रवेश निषेध



हाम्रो इकोनोमि

 

सरकारले आगामी सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।

दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै आगामी सोमबारदेखि  अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेकका अन्य मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढमै रोकिने भएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थलगायतका तत्कालै नाश भएर जाने सामग्री ढुवानी गर्ने बाहेकका १० चक्के र सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन काठमाडौं प्रवेश रोक लगाइने जनाएको हो ।

विभागका अनुसार असोज १२ गतेदेखि १८ गतेसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । त्यसपछि भने उपयुक्तता हेरेर उक्त निर्णय फिर्ता लिइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...