यस्तो थियो बाबुरामलाई प्रधानमन्त्री बनाउने भारतको खतरनाक योजना



हाम्रो इकोनोमि

 

दुई वटा ठूला कम्युनिष्ट पार्टी मिलेर चुनवा लड्दाको परिणाम आयो– नेपालमा वामपन्थीहरुको सुविधाजनक बहुमत । समाजवादी पार्टीलाई समेत साथमा लिएर दुई तिहाईको सरकार बन्यो । संसदीय चुनावमा गठबन्धन गरेर होमिएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकता भई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्यो । एकतापछि बनेको नेकपाका अध्यक्ष रहेका केपी शर्मा ओली दुईतिहाईको सरकार बनाउँदै प्रधानमन्त्री बने ।

मुलुकमा अब राजनैतिक स्थिरता हुन्छ र नौ–नौ महिनामा सरकार बनाउने र ढलाउने खेलको अन्त्य हुन्छ भन्ने धेरैको विश्वास थियो । दुईतिहाई मतको सरकार बनाउँदै नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीलाई पनि यस्तै विश्वास थियो । तर सरकार बनाएको केही समयपछि नै मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री ओलीको यो विश्वास क्रमशः धर्मराउन थाल्यो ।

दुई तिहाईको सरकार फेर्नेसम्मका भित्रभित्रै ग्रयाण्ड डिजाईनहरु हुन थाले । यी खेलहरु हुन थालेपछि बालुवाटार मात्र होईन शितल निवासमा समेत हलचल हुन पुग्यो । त्यससँगै बेबी किङ र हिन्दूराष्ट्रको कुरा पनि जोडतोडका साथ उठे । यसले नेपालको राजनीतिवृत्तमा हलचल नै ल्यायो । त्यसपछि प्रधानमन्त्री ओली स्वयमले मुख खोल्नुपर्ने अवस्था आयो । ओलीले मात्र होईन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेकपाका वरिष्ठ नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिन थाले ।

यस प्रसंगमा भित्रभित्रै के त्यस्तो तयारी भइरहेको थियो त ? त्यससम्बन्धी गोप्य सूचना द नेपालटपले प्राप्त गरेको छ । प्राप्त सूचनाअनुसार भार डिजाईन भएको थियो । तर पछि त्यो डिजाईन गर्भमै तुहिन पुगेको छ । दुई तिहाईको सरकार तका विश्वासपात्र नेताका रुपमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन लाई ढालेर भट्टराईलाई प्रधानमन्त्री बनाउन अहिलेको अवस्थामा निकै कठिन थियो । तर ओली सरकार ढलाउने कसरत गरिरहेका डिजाईनरहरुले नेकपालाई विभाजन गर्नेसम्मको योजना बनाएका थिए । त्यसबखत नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले सार्वजनिक रुपमै पार्टी विभाजन हुन सक्ने अभिव्यक्ति दिएको कुरा स्मरणीय छ ।

यसको लागि भारतीय ग्रयाण्ड डिजाईनमा समाजवादीका नेता भट्टराईलाई मधेसवादी दलहरुसँग नजिकिन र गठबन्धन बलियो बनाउन लगाईएको थियो । नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकी भारतको सोच छ । त्यसैअनुरुप यो कदम चालिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालको अन्तिमताका नीति नै थियो, दूतावास वा कुनै एजेन्सी देखिने गरी राजनीतिक वा अन्य मामिलामा सक्रिय नहुने । तर, नियमित जिम्मेवारीभित्रका सुक्ष्म विश्लेषण गरिने काम भने रोकिएको थिएन । जब मोदी प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै थिए, राजदूतमा रञ्जित रे प्रस्तावित भए ।

त्यसैबखत लण्डनबाट सिधै ‘रअ’को नेपाल चिफको रुपमा विवेक जोहरी, नेपाल आए । उनी नेपाल आएलगत्तै बाबुरामलाई प्रधानमन्त्री बनाउन राम्रै लबिङ गरेका थिए । उनले सोहीअनुरुप सहमत गराएर वैकल्पिक शक्तिको रुपमा विस्तार गर्न चाहन्थ्यो । त्यही अनुसार छलफल पनि चलाएका थिए । उनले त्यसबेला वैकल्पिक शक्ति बनाउन प्रेरित गरेका थिए । उनको सुुझाव हो, ‘उदार प्रजातान्त्रिक शक्तिका रुपमा अगाडि बढ्नुस् । त्यसपछि कांग्रेस र नेकपाका मान्छेलाई तान्ने भूमिका खेल्नुस् ।’

छिमेकतिरबाट यस्तोखाले भूमिका बाक्लिनुको खास कारण हो, नेपाललाई हिन्दू राष्ट्र कायम गराउने मामिलामा नेपाली कांग्रेस र राजपालाई निकट ल्याउनु । कांग्रेसलाई प्रस्तावकको रुपमा अगाडि सार्ने र विस्तारै–विस्तारै नेकपाका केही मान्छे तान्ने रणनीति छ । यसो गर्दा दुईतिहाईको सरकारलाई गलाउन सकिन्छ भन्ने भारतले सोचेको छ ।

भारतले यो मुद्दामा पहिला कमल थापालाई अगाडि सा-यो । तर, त्यो अस्त्र खासै फलदायी भएन । राजालाई अघि बढाउँदा स्वार्थ बाझिने भयो । उनले आज हिन्दू राज्य, भोलि राजतन्त्र पुनःस्थापनाको लोभ गर्ने नै भए । त्यो अभीष्ट पूरा गर्न नसकिँदा पूर्वराजासँग सहकार्य खासै हुन सकेको छैन । यदि पूर्वराजासँग सहकार्य गर्ने हो भने एजेण्डा नै डाइभर्ट हुने खतरा देखेपछि अहिले मधेसवादीहरूसँग बाबुरामहरूलाई मिलाउने काम भइरहेको बताइन्छ । संघीय समाजवादी, राजपा र कांग्रेसलाई चुनावसम्मको गठबन्धन बन्ने गरी छिमेकीले अगाडि बढाउन खोजेको छ ।

यता भारतले काठमाडौंमा आफ्नो कर्मचारी खटाउँदा पुलिसतर्फ होस् वा अरुतर्फ, भारतले डिआइजीस्तरका अधिकारी खटाउने गर्दछ । तर, विवेक जोहरी त्योभन्दा माथिल्ला दर्जाका हुन्, एडिजिपी । अर्थात्, नेपालको एआइजी जत्तिकै । उनी अहिले दिल्लीमा छन् । ‘रअ’ को प्रमुख हुने लाइनमा थिए, तर सामन्तकुमारले टप्काइदिए । अहिले जोइन्ट सेक्रेटरी छन्, चिफको लाइनका । उता ‘रअ’ लाई सीधै प्रधानमन्त्री कार्यालयमातहत राखिने कारण नेपालमा पनि त्यस्तो अभ्यास थालिएको छ । र, नेपालको बारेमा उनैको भूमिका महत्वपूर्ण मानिन्छ । खेल्ने नै भए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...