पर्यटकलाई नेपाली टोपी लगाएर विश्व पर्यटन दिवस मनाइयो



हाम्रो इकोनोमि

 

पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गर्दै शुक्रबार कञ्चनपुरमा ४० औं विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै शुक्रबार प्रवेश गर्ने विदेशी पर्यटकलाई नेपाल पर्यटन बोर्ड पर्यटन सूचना केन्द्र गड्डाचौकीले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

दिवसका अवसरमा इरानी नागरिक फजिलाट फजेल सेफर इधैनलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नेपाली ढाका टोपी, टीका तथा खादा पहिर्‍याएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रकाश रावलले पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच वटा कोरीडोर बनाएर अध्ययन सुरु गरेको बताउनुभयो । उहाँले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

यता, पर्यटन दिवसका अवसरमा सम्मान गरिएकी इरानी नागरिक फजिलाट फजेल सेफर इधैनले यसबारे आफूलाई केही जानकारी नभएको बताउँदै सम्मान पाएकोमा भने खुशी व्यक्त गर्नुभयो ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...