सल्यानमा जीप दुर्घटना, एक जनाको मृत्यु



हाम्रो इकोनोमि

सल्यानमा तरकारी बोेकेको जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । प्रहरीका अनुसार अत्याधिक लोडका कारण जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो ।

कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तरकारी बोकेको जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...