आईजीपी खनालको अमेरिका भ्रमण अस्वीकृत, सरकारको व्युटिफुल तरवार



हाम्रो इकोनोमि

 

सरकार र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खानलबीच खट्पट भएको चर्चा भईरहेको बेला सरकारले आईजीपी खनालको अमेरिका भ्रमण अस्वीकृत गरेपछि थप चर्चा शुरु भएको छ । त्यसो त आईजीपीको पदमा बहाल रहँदा प्रदान गरिदै आएको विभुषणको सूचिबाट समेत सरकारले खनालको नाम काटेपछि उनीप्रति सरकार सकारात्मक नभएको छनक दिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्दा समेत आईजीपी खनाललाई सरकारले न त राय सुझाव नै लिन खोज्यो न त जानकारी नै दियो । यसअघि प्रहरी नायव महानिरीक्षक (डिआईजी) सरुवामा समेत गृहमन्त्रालयले आईजीपी खनालको सिफारिसलाई लत्याएको बताईन्छ ।

राष्ट्रपतिबाट दिईने हालै घोषणा गरिएको विभुषणमा समेत आईजीपी खनालको सिफारिसलाई सरकारले अस्वीकृत गरिदिएको छ । घरेलु कामदारका रुपमा रहेका प्र्रहरीहरुलाई फिर्ता गर्ने सरकारी निर्णय नमानेकोप्रति पनि सरकार आईजीपी खनालप्रति सन्तुष्ट देखिदैन ।
त्यस्तै प्रहरी मुख्यालयको लागि आवश्यक पर्ने सामग्री खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि तनावमा परेका आईजीपी खनालमाथि सरकारले गरेको एआईजीहरुको सरुवा प्रकरणले तनाव झनै थपेको छ ।

हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा जानका लागि अन्तिम तयारी गरेका खनाललाई उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको चर्चा सिंहदरबारमा चलेको छ । गत मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

त्यस्तै निर्णय नभईसके पनि चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने कार्यक्रम छ ।

आफूलाई थाहै नदिई एआइजी सरुवा गरेकोमा असन्तुष्ट खनाल आफ्नो अमेरिका भ्रमण विनाकारण रोकेकोमा आश्चर्यमा परेका छन् । गृहमन्त्रालय श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल गरी थापाको ठाडो प्रस्तावमा एआईजी सरुवा भएको हो । सामान्यतया यस्ता सरुवामा प्रहरी प्रधान कार्यालय हुँदै गृहले मन्त्री परिषदमा प्रस्ताव लगेपछि निर्णय हुन्छ ।

कतिपयले आईजीपी खनालको कार्यशैलीसँग असन्तुष्ट प्रधानमन्त्री ओलीले प्रहरी मुख्यालय कमजोर भएको बुझाइका आधारमा मुख्यालयलाई बलियो बनाउन र खनाललाई ‘चेक’ दिन एआइजी पुष्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको बताउँछन् । यसले सरकार आईजीपीको कार्यशैलीसँग सन्तुष्ट छैन भन्ने बताएको छ  । एआईजी कार्कीलाई मुख्यालयमा सरुवा गरेर ह्याण्डसम आईजीपीका रुपमा परिचित खनालमाथि व्युटीफूल तरवार झुण्ड्याईदिएको चर्चा प्रहरी मुख्यालयमा व्यापक छ ।

आइजिपी खनाल र एआइजी कार्कीबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । सोही कारण खनालले आफूअनुकूलका एआइजी राईलाई मुख्यालयमा राखेर कार्कीलाई प्रतिष्ठानमा सरुवा गराएका थिए । प्रहरी मुख्यालयमा कार्यरत एआइजीसँग आइजिपीले बिहानदेखि बेलुकासम्म सरसल्लाह लिनुपर्ने हुन्छ । प्रहरीका सरुवा–बढुवादेखि दैनिक अप्रेसनका काम हेर्नुपर्ने हुँदा नियमित आइजिपीसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । आइजिपी बढुवामा दुवै प्रतिस्पर्धी भएकाले उनीहरूको सम्बन्ध त्यति राम्रो छैन ।

त्यसो त प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक खनाललाई विभूषणको सिफारिस गरे पनि अन्तिममा उनको नाम काटिन पुग्यो । उनको मात्र होईन प्रहरी मुख्यालले गरेको सिफारिसमा परेका नाम मध्ये धेरैको नाम काटियो । प्रधानमन्त्री असन्तुष्ट भएर नै नाम काटिएको स्रोत बताउँछ । विभूषणसम्बन्धी कार्यविधिअनुसार खनालले यस वर्ष विभूषण पाउनुपर्ने थियो । उनले अघिल्लो वर्ष पनि पाएका थिएनन । खनालले आगामी माघमा अनिवार्य अवकाश पाउँदै छन् । हरेक आइजिपीलाई पदमा हुँदा विभूषण दिने परम्परा छ ।

अवकाश प्राप्त गर्ने समय नजिकिदै गर्दा खनालले एकपछि अर्को गर्दै समस्याहरु झेल्नुपरेको छ । प्रहरीका कपडालगायत बन्दोबस्तीका सामान खरिदमा अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी अनुसन्धान थाल्नु, विभुषणमा आफ्नै नाम समेत काटिनु्, एआईजीको सरुवाबारे सरकारले कुनै जानकारी नदिनु र अमेरिका भ्रमण अस्वीकृत हुनले खनालमाथि दबाब र तनाव दुबै बढेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...