यस्ता छन मन्त्रिपरिषद्को पछिल्लो बैठकको १४ निर्णय



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को पछिल्लो बैठकको १४ निर्णय सार्वजानिक गरेका छन । जसमध्य पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।पूर्वराष्ट्रपति डा यादव अस्वस्थ भइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे अस्पताल लगिएको थियो । चिकित्सकको सुझावअनुसार उनलाई केही दिनका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।

त्यस्तै एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३र३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...