प्रचण्डले भने धमिलो पानीमा माछा मार्ने सँग सचेंत बनौं



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाफा कमाउने अवस्था नरहने लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । उनले समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा सुरु भएको लगानी सम्मेलन–२०१९ लाई सम्बोधन गर्दै प्रचण्डले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने बताए । अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको प्रचण्डको भनाइ थियो ।

अर्काे प्रसंगमा प्रचण्डले ऐतिहासिक गणतन्त्रमा स्थापना गर्न सत्तापक्ष र प्रतिपक्षको दुवैको हात रहेको उल्लेख गर्दै परिवर्तन विरोधीदेखि सचेत हुनुपर्नेमा जोड दिए ।

गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू भएको उल्लेख गर्दै उनले यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताए । उनले गणतन्त्रलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै धमिलो पानीमा माछा मार्न खोज्नेप्रति सचेत हुनुपर्ने धारणा राखे ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएको बताए । उनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको र केही पूर्वाधार तयार भइसकेको पनि बताए ।

‘रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण हुँदैछ, यो विमानस्थल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको संख्या झनै बढनेछ’ उनले भने, ‘पर्यटन विकासको लागि आधार तयार भएको छ । अब भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न लगानीकर्ता आकर्षित हुन थालेको बताए ।

सो अवसरमा नेकपा महासचिव विष्णु पौडेल, काँग्रेस सचेतक बाकृष्ण खाण, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शकंर पाखेरल लगायतले लगानी सम्मेलनले बुद्ध जनस्थलमा थप लगानी भित्रने बातावरण बन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...