कृषि विकास बैंकबाट ५ करोड चोरी प्रकरणमा निर्माण व्यवसायी पनि भएको खुलासा



हाम्रो इकोनोमि

 

कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ ।

यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...