विहे अघि नै शारिरीक सम्पर्क गर्न पाउनु पर्ने भन्दै युवा-युवतीले गरे जुलुस



हाम्रो इकोनोमि

 

इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ ।

प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।

सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिने छ ।

विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झन्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन । स्वास्थ्य समस्या र बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ ।

संसद्मा प्रस्तावित कानुनमा मंलबार नै मतदान हुने योजना भए पनि राष्ट्रपति जोको विडोडोले थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका हुन् ।

मतदान सारिएको भए पनि इन्डोनेसियाली सो कानुन संसद्बाट पारित हुने आशंका व्यक्त गरिरहेका छन् । देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने कानुन पारित गरिएपछि सर्वसाधारण आक्रोशित छन् । हजारौं सर्वसाधारणले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेमा विद्यार्थीहरूको संख्या उल्लेख्य थियो ।

संसद्का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रतिकार गर्दै प्रहरीले पनि अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको हो ।

एक महिलाले महिलाले ‘मेरो अंगमा सरकारको स्वामित्व छैन’ भन्ने नारा भएको पोस्टर बोकेकी थिइन् । योग्याकार्ता, मकास्सर तथा अन्य स्थानमा दुई दिनदेखि लगातार प्रदर्शन जारी छ ।

‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्तिर गएर विरोध गर्दैछौं,’ पश्चिम जाभाका २१ वर्षीय विद्यार्थीले भने । जकार्तामा सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...