चाडपर्वमा कालाबजारी गर्नेहरु माथि कारबाही हुन्छ : प्रमुख जिल्ला अधिकारी दाहाल



हाम्रो इकोनोमि

 

चाडपर्व नजिकिँदै छ, सरकारका अनगुमनका निकायमहरुले के कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा आम चासो बढेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै नजिकिँदै आएको दशैं तिहार र छठ पर्व जस्ता चाडमा आम उपभोक्ताहरुलाई सरकारी तर्फबाट के कस्ता राहतका कार्यक्रम ल्याएको छ यिनै विषयमा ध्यान दिने उदेश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा ‘नजिकिँदै गरेको चाडपर्व र बजार अनुगमनको अवस्था’ विषयक कार्यक्रमको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताउँदै चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुपरेको बताए । प्रमुख जिल्ला अधिकारी दाहालले भने अनुगमन सुक्ष्म रुपले हुन्छ, हुल बाँधेर जाने शैलीको अनुगमन प्रभावकारी नभएकाले आफ्नै आफ्नै शैलीमा भोली देखि नै एक्सनमा उत्रिन सबै सरोकारवाला निकायलाई आग्रह गरे । उहाँले भन्नुभयो चाडपर्व ढुक्क भएर मनाउने तयारी गरे हुन्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्र कुमार गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । महानिर्देशक गौचनले चालु आर्थिक वर्षमा मात्र एक हजार फर्ममा अनुगमन गरेका बताउँदै त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएको जसमध्ये १६० फर्मलाई जरिवाना समेत गराएको दाबी बताए ।

उनले भने चाडपर्वको मौका छोपेर कुनै कालाबजारी गरे कडा कारबाही हुन्छ, कुनै पनि बहानाबाजी चल्दैन । विभागले अनुगमन गर्दा व्यवसाय चौपट बनाउन लागेको भन्दै व्यवसायीहरुले आफूहरुलाई थर्काउने काम भएको उनको गुनासो थियो । यसको उदाहरण दिँदै विभागले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए ।

 

चाडपर्वलाई लक्षित गरि अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दरमा उपलब्ध गराएको उहाँको दाबी छ । चीनीको मूल्यको सन्दर्भ उल्लेख गर्दै साल्ट टेडिङ्ग कर्पोरेशनको चीनीका मूल्यका कारण बजार नियन्त्रणमा रहेको सन्दर्भ समेत महानिर्देशकले औल्याउनुभयो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताए । प्रधानमन्त्री कार्यालयले विभिन्न पक्षहरुसँग समन्वय तथा सहकार्य गरेर राज्यका सरोकारवाला सबै निकायहरु संलग्न हुन आग्रह गर्नुभयो । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको भएकोले सञ्चारमाध्यमले पनि यस क्षेत्रलाई सुसूचित बनाउन सहयोग गर्नुपर्ने तर्क गर्नुभयो । राज्यको सम्पूर्ण निकायहरु उपभोक्ताको हित प्रवद्र्धनमा निरन्तर रुपमा लागिरहेको बताउँदै चाडवाडको लागि सरकारका संयन्त्रहरु थप सक्रिय भएको धारणा राख्नुभयो ।

 

प्रवक्ता भुसालले प्रधामन्त्री कार्यालयको उच्चस्तरीय अनुगमन समितिले आफ्नै ढँगले अनुगमनका कार्य सञ्चालन गरिरहेको र चाडपर्वमा बेला अनुगमनको कार्यमा थप तीव्रता दिइरहेकोले चाडपर्वमा व्यवस्थित हुनेमा आम सर्वसाधारणलाई विश्वस्त रहन आग्रह गर्नुभयो । प्रवक्ता भुसालले भन्नुभयो साल्ट टेडिङ्ग कर्पोरेशनले सुपथ मूल्यको पसल सञ्चालन गरेको सन्दर्भ उल्लेख गर्दै सुपथ मूल्य पसल र घुम्ती सेवाले जनस्तर प्रभावकारी बताउनुभयो । उपत्यका प्रहरी प्रमुख (डिआइजी) शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताउँदै दशैंमा घर जाने यात्रुहरुलाई शकुशल गन्तव्यसम्म पु¥याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूँहरु सचेत भएको बताए । उपत्यका प्रहरी प्रमुख थापाले चाडपर्वको बेला आम नागरिकलाई सहज र सरल ढँगले जीवन बनाउन आयोजित कार्यक्रम महत्वपूर्ण भएको बताए ।

 

उनले भने चाडपर्वमा विशेष सुरक्षा हुन्छ ढुक्क हुनुहोस् । त्यसैगरी कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताए । महाप्रबन्धक राजभण्डारीले सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाए । माग भई आएका कतिपय जिल्लाहरुमा कर्पोरेशनले सुलभ मूल्यको घुम्ती सेवा जिल्ला जिल्लामा समेत पु¥याएको बताए ।

 

त्यसैगरी कार्यक्रममा उपभोक्तावादी नेता माधव तिमिल्सिना र रञ्जनालले बजारको मूल्य अनियन्त्रित भएको र कालाबजारीहरु चाडपर्वका बेला सल्बलाईरहेकाले सरकार नै नभएको आम सर्वसाधारणले अनुभूति गरेको टिप्पणी गरे । कार्यक्रमका सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले नजिकिरहेको चाडपर्वमा आफ्नो रकम खर्च गरेर सहज ढँगले गुणस्तरीय सामाग्री खरिद गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि सरोकारवाला निकायहरुलाई आग्रह गरे । परिवर्तित यस सरकारले यसपालिको चाडपर्वमा परिवर्तित सहजताको अनुभूति गर्न पाउन् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...