सलमान खानलाई ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खान १९९८ को कालो हिरण शिकारको मुद्धामा आरोपी हुन् । उनी यहि केशमा २७ सेक्टेबरमा जोधपुर अदालतमा पेश हुँदैछन् । अदालतले यदि सलमान पेश भएनन् भने जमानत खारेज गर्ने बताएको छ ।

सलमानलाई अदालतमा पेश हुनु भन्दा अगाडी नै सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ । उनलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट शुटर नामको आईडीबाट धम्की दिइएको हो । उक्त पोस्टमा लेखिएको छ, ‘विचार गर सलमान त भारतको कानुनबाट बच्न सक्छस् । तर, बिश्नोई समाज र सोपु पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ । सोपू अदालतमा त दोषी हो ।’

सलमानलाई २०१८ सालमा कुख्यात ग्याङस्टार लोरेन्स बिश्नोईले ज्यान मार्ने धम्की दिएको थियो । लोरेन्सले भनेको थियो, ‘त के गर्न सक्छस् । म खुलेआम मार्दिन्छु । जोधपुर कोर्टमै सलमान खानलाई मार्दिन्छु ।’ यस घटना पश्चात सलमानलाई कडा सुरक्षा दिइएको थियो भने अन्तर्राष्ट्रिय ग्याङस्टार लोरेन्सलाई पुलिसले जोधपुर कोर्टमा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...