सलमान खानलाई ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खान १९९८ को कालो हिरण शिकारको मुद्धामा आरोपी हुन् । उनी यहि केशमा २७ सेक्टेबरमा जोधपुर अदालतमा पेश हुँदैछन् । अदालतले यदि सलमान पेश भएनन् भने जमानत खारेज गर्ने बताएको छ ।

सलमानलाई अदालतमा पेश हुनु भन्दा अगाडी नै सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ । उनलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट शुटर नामको आईडीबाट धम्की दिइएको हो । उक्त पोस्टमा लेखिएको छ, ‘विचार गर सलमान त भारतको कानुनबाट बच्न सक्छस् । तर, बिश्नोई समाज र सोपु पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ । सोपू अदालतमा त दोषी हो ।’

सलमानलाई २०१८ सालमा कुख्यात ग्याङस्टार लोरेन्स बिश्नोईले ज्यान मार्ने धम्की दिएको थियो । लोरेन्सले भनेको थियो, ‘त के गर्न सक्छस् । म खुलेआम मार्दिन्छु । जोधपुर कोर्टमै सलमान खानलाई मार्दिन्छु ।’ यस घटना पश्चात सलमानलाई कडा सुरक्षा दिइएको थियो भने अन्तर्राष्ट्रिय ग्याङस्टार लोरेन्सलाई पुलिसले जोधपुर कोर्टमा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...