यसरी चोरी भयो कृषि विकास बैंकको चार करोड ७३ लाख



हाम्रो इकोनोमि

 

कृषि विकास बैंकको लहान शाखा चार करोड ७३ लाख रुपैयाँ चोरिएको घटनाको मुख्य योजनाकार काले भनिने पिटरको हात रहेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

भारतमा बस्ने पिटरले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर पाँच अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीले जनाएको छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।

उक्त समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट चार करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको खुल्न आएको छ । लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको पाइएको छ ।

हृयाटिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ । पक्राउ परेकामध्ये चार जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...