असोज १४ बाट खसीबोका बिक्री गर्ने



 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १४ गतेबाट खसीबोका र च्याङग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।
संस्थाले यस वर्षको दशैंका लागि १ हजार खसीबोका र २ हजार च्याङ्ग्रा काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष १ हजार ५ सय खसी, बोका र १ हजार च्याङ्ग्रा बिक्री गरेको संस्थानले यस वर्ष ३ हजार बिक्री वितरण गर्ने लागेको हो । संस्थानले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । संस्थानले टेण्डरमार्फत १३ गते काठमाडौं उपत्यकाका लागि खसिबोका, च्याङ्ग्रा ल्याउने र १४ गते बाट बिक्री वितरण सुरु गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अञ्चल प्रवन्धक रणबहादुर बुढाथोकीले बताए । खसी बोका ल्याउने तयारी पूरा भइसकेकाले १३ गते उपत्यकामा खसीबोका आइपुग्ने र १४ गतेबाट प्रक्रिया सुरु गरिने बुढाथोकीले बताए ।

संस्थानले वीरगञ्ज र तुलसीपुर बाट ५÷५ सय खसीबोका र मुस्ताङ्गबाट २ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । संस्थानले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्य भन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका र च्याङ्ग्रा बिक्री गर्ने लिमिटेडका अञ्चल प्रवन्धक बुढाथोकीले जानकारी दिए ।

दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुन्छ । माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको संस्थानले जनाएको छ । यता, पशुपक्षी विभाग यस पटकको दशैंमा उपत्यकाभित्र मासुको अभाव नहुने जनाएको छ । विदेशबाट आयात गरीएका पशुपंक्षीको अनिवार्य पशु क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था लागू भएका कारण बजारमा मासुको अभाव हुने भन्दै सर्वसाधरणको गुनासो आइरहेको बेला विभागले यस्तो जनाएको हो ।

काठमाडौं उपत्यकामा दशैंमा खपत हुने ९० प्रतिशत मासुका लागि भारतबाट खसीबोका ल्याउने गरिएको छ । खसी बोकाको मासु खपतवापत वर्षेनी १० अर्ब रुपैयाँभन्दा बढी रकम भारत जाने गरेको छ भने व्यापारीहरुले उपत्यकामा तराइका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुलीलगायतका जिल्लाबाट खसीबोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्