सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीको जिम्मेवारी दिन ओली र प्रचण्डबीच गोप्य सहमति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हटाउने र जिम्मेवार हेरफेर गर्नेबारे छलफल भएको छ । वर्तमान दुई तिहाईको सरकारले माइलेज लिन नसक्दा पार्टी्भित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला मन्त्री फेरबदलको अन्तिम गृहकार्य बालुवाटारमा भइरहेको छ । नेकपाका दुई अध्यक्षले नयाँ मन्त्री ल्याउने र मन्त्रालय फेरबदल गर्ने तयारी गरेका छन् ।
‘सम्भवत केही मन्त्रीका लागि अब बस्ने मन्त्रिपरिषदको बैठक अन्तिम हुन्छ होला’ बालुवाटार निकट स्रोतले भन्यो ‘बढिका तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने भएको छ ।’ नयाँमन्त्रीमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागेको छैन । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । अर्थमन्त्रीले परिणाममुख कार्य गर्न नसकिरहेको बेला देशको अर्थतन्त्र बलियो बनाउन अर्थतन्त्रका विज्ञ समेत रहेका सुरेन्द्र पाण्डेलाइ अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्न अहिले विभिन्न नेताहरुले बताउदै आएका छन ।
को हुन प्रभावशाली नेता पाण्डे ?
नेता पाण्डे नेकपाका प्रभावशाली नेता हुन । अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता पाण्डे जनतामाझ लोकप्रिय मानिन्छन । उनले चितवन क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिशपर्धीलाइ भारी मतआन्तरले पछि पार्दै निर्वाचन जितिसकेका छन । २०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका नेकपाका स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद हुन । तत्कालीन कोअर्डिनेसन केन्द्रबाट उनले राजनीतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो ।
सभासद पाण्डे विगत २५ वर्षदेखि तत्कालिन नेकपा एमालेको केन्द्रीय कमिटीमा थिए र राष्ट्रिय सभा सदस्य पनि भईसकेका छन्। राजनीतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, सङ्गठन र राजनीतिक निरन्तरताको आधारमानै प्रतिनिधिसभा सम्म पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखता साथ दुई मुद्दा उठाउने बताएका थिए ।
सफल अर्थमन्त्रीको रुपमा कार्यगर्दा :
- ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीको रुपमा कार्य गरेको र मुलुकको सिंगो विकासमा प्रभाव पार्ने कार्यक्रमहरु अगाडि ल्याएको
- देशको आर्थिक विकासमा नयाँ सोच र योजना अगाडि बढाएको । मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
काठमाडौं नीजगढ फास्ट ट्याक निर्माण शुरु - पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरुको निर्माण शुरु
- दलितहरुको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरुको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
- सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
- लोड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु - श्रमिकहरुको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रुपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रुपमा श्वास्थ्य बिमा शुरु - गरीब जनताहरुका सवै छोराछोरीहरुले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरुलाई नगद छात्रबृत्ति शुरु
- बालिकाहरुको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरुमा छात्रा शौचालयको व्यवस्था
- तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
- खेलक्षेत्रमा लगानी वृद्धि
- चितवन, हेटौडा र कैलालीमा क्षेत्रिय रंगशालाको निम्ति र भैरहवा र काठमाडौं क्रिकेट मैदानमा बजेट विनियोजन
- पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरी कार्य अगाडि बढाएको
- राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन


