वैदेशिक रोजगार व्यवसायी संघमा विष्णुप्रसाद गैरे प्यानल विजयी



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् । यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो ।

मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको साधारणसभामा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले ३३० मत पाए । पराजित पोखरेलले २८३ मत पाए । ६ मत भने खाली थियो ।

संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।

साधारणसभाबाट वैदेशिक रोजगार व्यावसायी संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै कमल तामाङ विजयी भएका छन् । तामाङले निकटतम प्रतिस्पर्धी हरिबहादुर पाण्डेलाई १५१ मत अन्तरले पराजित गरे ।

यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । गुरुङ सबैभन्दा बढी १६८ मतअन्तरले विजयी भएकी हुन् ।

सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...