श्रीमानले छोडेपछि राजमार्गमा गाडी चलाउने महिला, रुँदै श्रीमानलाई भनिन्, ‘कान्छि लिएर घर आउ, संगै मिलेर बसौ’



हाम्रो इकोनोमि

 

बिहान ४ बजेबाट सुरु हुन्छ पूजा गुरुङ्गको दैनिकी । उनले घरमा बुंगुर पनि पालेकी छन् । बिहान ४ बजे उठेपछि उनी बुंगुरलाई दानापानी गरेर पिक भ्यान लिएर नारायणगढको सब्जीमण्डी पुग्छिन् । त्यसपछि दिनभरी तरकारी बेचेर उनी राती अबेर १० बजे फेरी घर पुग्छिन् । पूजा आँफैले गाडी चलाउँछिन् । उनको आफ्नै गाडी छ । गाडी लोड भएको तरकारी उनको नारायणगढ मुग्लिन सडकखण्डमा बिक्री हुन्छ । सडक छेउका स्थानीयले उनको तरकारी खरिद गर्छन् । आँफैले गाडी चलाएर गाडीमा तरकारी बेच्ने भएकाले उनलाई नारायणगढ मुग्लिन सडकखण्डका सबैले उनलाई चिन्छन् ।

तरकारी बेच्न भन्दा पहिला पूजाको पेशा घरेलु मदिरा उत्पादन थियो । उनले लामो समय मदिरा आँफैले उत्पादन गरेर बेचिन् । पछि प्रहरी प्रशासनको डर र दुख धेरै भएपछि उनी तरकारी बेच्न थालेकी हुन् । ‘पहिला यहि ठाउँमा साईकलमा बेचेको हो तरीकारी’ उनले भनिन्, ‘अहिले गाडीमा बेच्ने थालेको छु, रमाईलो नै भइरहेको छ ।’दैनिक १५ देखि २० हजारसम्मको तरकारी उनले सडकमै बेच्छिन् । छोराछोरीलाई राम्रो स्कलुमा पढाएकी छन् भने अन्य आधारभुत आवश्यकता सजिलै पुरा भएको छ । व्यापारले पूजालाई साथ दिएपनि पारिवारिक सुख भने मिलेको छैन । ‘कान्छि लिएर श्रीमान छेट्टै बसेका छन्’ हामीसँग कुरा गर्दै उनले भनिन्, ‘बरु कान्छी लिएर घर आउनु, मिलेर बसौला

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...