हामी सच्चा कम्युनिस्ट हौँ : नेकपा अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदर्शबाट च्यूत भइरहेका त छैनौं भनेर पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् ।

नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको बताए ।

पार्टी एकता गरेपछि वा शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेपछि आदर्श र विचारबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको भन्दै उनले भने, ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले ?’

उनले अघि भने, ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त ? या हामी विस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीहरुको जस्तै पद प्रतिष्ठाका निम्ति…।’

कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको उनले बताए । प्रचण्डले अघि भने, ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै-उस्तै देखियो नि ।’

पूूर्वी युरोप र सोभियत संघमा पनि कम्युनिस्ट सत्तामा पुगेपछि मान्छेको धेरै आक्रोश देखिएको उनले स्मरण गरे । नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामी कहाँ समाजवादी क्रान्ति स्थापना गर्न आवश्यक पर्ने विचारको स्पष्टता आयो त ? त्यो विचारअनुसार व्यवहार, आचरण र जीवनचर्यातिर अगाडि बढेका छौं कि हामी अर्को वर्ग जस्तो हुँदै गयौं ? यो आजको मुख्य प्रश्न हो ।’

समाजवादी क्रान्ति गर्ने मिसन पूरा गर्न एकतावद्ध भएर विशाल फौज तयार पार्नुपर्ने भन्दै उनले त्यसो गर्न नसकिए नभए पूर्वी युरोपका पार्टीहरु भन्दा धेरै फरक नहुने उनले बताए । पार्टी अध्यक्ष प्रचण्डले अघि भने, ‘भन्न त मीठामीठा कुरा भन्न सकिने रहेछ । हामीले देख्यौं नि हिँजोका राजा महाराजाहरुले विकासको मूल फुटाउने कुरा त गरेकै हुन् । …अर्को फुट्यो । त्यसैले के भन्ने ठूलो रहेनछ । हामीले के गर्छौं भन्नेका जति अर्थ र महत्व छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...