दशैंको मुखमा सर्वसाधारणले धान्न नसक्ने गरी बढ्यो तरकारीको मूल्य



हाम्रो इकोनोमि

चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य थेग्नै नसक्ने गरी बढेको छ ।

आलु, प्याज लगायतका तरकारीको मूल्य आम सर्वसाधारणले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन्

एक साताअघि बजारमा ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ ।

भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।
तरकारीको बजार मूल्य अकासिए पनि किसानले भने लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । यसको सबै फाइदा बिचौलियाले लिएको किसानको गुनासो छ ।

काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् ।

थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्य सूची यस्तो छ-

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...