बैदेशिक रोजगारकाे क्षेत्रमा भएकाे विकृति समाधान गर्न मेराे उम्मेदवारी: पाेखरेल
तपाईको उम्मेदवारी के का लागि ?
यो वैदेशिक रोजगारीमा धेरै समस्याहरु छन् । यो समस्याको निराकण र व्यवसायीक हक हितका लागि मेरो उमेदवारी हो । मलेसिया रोजगारीको विषयमा १५ १६ महिनादेखि व्यवसायीहरु ठूलो समस्या पर्दै आएका छन् । धरौटि वृद्धि गरेर अर्को ढाँडसेक्ने काम पनि भएको छ । बल्लतल्ल धरौटि राखेर व्यवसायीहरु काम सुचारु गर्ने अवस्था छन् । अब सेवा शूल्कलाई व्यवस्थापन नगरी यो व्यवसायीलाई अगाडि बढाउन सकिने अवस्था छैन् । यस्ता तमाम समस्याहरुको समाधान गर्नका लागि मैले आफुलाई योग्य ठानेर उमेदवारी दिएको हुँ ।
यो क्षेत्रमा भएको विकृतिलाई न्युनिकरण गर्न के कस्ता योजना बनाउनुभएको छ नी ?
ग्राउड रियालिटीमा आएको पोलिसी लागु गरियो भने मात्रै पनि यो क्षेत्रका तमाम विकृतिहरु हुँदैनन् । यहाँ कस्तो छ भने सरकार एकतर्फि पोलिसी बनाउँदै जाने र ग्राउण्डको रियालिटी अर्कै हुने हुँदा पनि समस्या आएको छ । हरेक डेस्टिनेशन कन्ट्रीका आआफ्नै अभ्यास र नियम कानुनु हुने, त्यसैगरी देशको नियमकानुन पनि लागु गर्नुपर्ने हुँदा हामी अलि समस्यामा पर्दै आएका छौं । यी सबै अवस्थाबाट हामी अफ्ठेरोमा छौं । त्यसकारण यी पोलिसीलाई एकरुपता दिने हो भने व्यथिति कम गर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।
तपाईहरुका मुख्य एजेण्डा के के हुन्, जसका कारण तपाईहरुको प्यानल विजयी हुँदा तमाम समस्याको समााधान हुन सक्छ ?
अब हामीले बैदेशिक रोजगारी व्यवसायीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पादर्शी ढंगले संचालन गर्न हामी चाहन्छौं । र, यसका निमित्त सरकारले त्यो वातावरण बनाइदिनुपर्छ । सेवा शुल्कलाई व्यवस्थापन गर्ने लगायतका विषयहरु हाम्रा मुख्य एजेण्डा हुन् ।


