पाकिस्तानमा भयानक बस दुर्घटना, २६ जनाको मृत्यु
पाकिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए । उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ ।
घाइतेको उपचारका लागि चिलासका जिल्ला अस्पताल र डिएचक्यू अस्पतालमा पठाइएको छ । यसअघि गत महिना पनि तीव्र गतिका कारण पाकिस्तानको उत्तर पश्चिम क्षेत्रका खोलामा खस्दा २४ जनाको ज्यान गएको थियो ।


