मिठाे भयाे भनेर धेरै खाएमा ज्यान पनि जान सक्ने खानाहरू



हाम्रो इकोनोमि

 

वल्र्ड क्यान्सर रिसर्च फन्डको अनुसन्धानअनुसार धेरै नूनको मात्रा भएको खानेकुराले पेटको क्यान्सरको जोखिम बढाउँछ । नून मात्र होइन, अन्य केही पदार्थले पनि हाम्रो शरीरमा स्लो प्वाइजनको काम गर्ने हुन्छ । त्यस्ता पदार्थको बढी मात्राको सेवनले गम्भीर रोग लाग्ने सम्भावना बढाउँछ । भारतको पुणेस्थित जहाँगिर हस्पिटलकी डाइटिसियन डा. नेहा सिरकेका अनुसार यहाँ उल्लिखित ७ पदार्थहरूको सेवन कम गर्नु बुद्धिमानी हुन्छ ।

अंकुरित आलु
अंकुरित आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ, जसले झाडापखाला लाग्न सक्छ । यस्तो आलु लगातार खानाले टाउको दुख्ने अनि बेहोसीको खतरा पनि निम्त्याउँछ ।

चिनी
बढी चिनी खानाले लिभरमा ग्लाइकोजिनको मात्रा कम हुन्छ । यसले मोटोपन, थकान, माइग्रेन, दम र डायबेटिज बढाउन सक्छ । चिनी धेरै खानाले बुढेसकालको छनक पनि चाँडै देखिन्छ ।

जाइफल
जाइफलमा मिरिस्टिसिन हुन्छ । यसले पटक–पटक हर्ट रेट बढ्छ, अनि वाकवाकी पनि हुनसक्छ । धेरै खानाले ब्रेन पावर पनि घट्न सक्छ ।

नून
नूनमा सोडियमको मात्रा अधिक हुन्छ । त्यसैले यसको ज्यादा सेवनले उच्च रक्तचाप हुनसक्छ, जसले गर्दा हार्ट अट्याक हुन पनि सक्छ । यसले क्यान्सर हुने जोखिम पनि बढाउन सक्छ ।

कोल्ड ड्रिङ्क्स
कोल्ड ड्रिङ्क्समा चिनी र फस्फोरिक एसिडको मात्रा धेरै हुन्छ । धेरै कोल्ड ड्रिङ्क्स पिउनाले मुटुको समस्या निम्त्याउन सक्छ । दिमाग पनि कमजोर बनाउन सक्छ ।

मैदा
मैदा बनाउने प्रक्रियामा फाइबर अर्थात् रेसादार पदार्थ निक्लिएर जान्छ । त्यसैले यो फाइबरविहीन हुन्छ । ज्यादा मैदा खानाले पेटको खराबी हुनसक्छ । यसमा ब्लिचिङ एजेन्ट्स हुन्छ, जसले रगत पातलो बनाउँछ । यसले हर्ट अट्याकजस्ता मुटुको रोग बढाउन सक्छ ।

मसरुम
काँचो मसरुममा कार्सिनोजेनिक कम्पाउन्ड्स हुन्छ । काँचो मसरुम खानाले क्यान्सरको सम्भावना बढाउँछ । त्यसलै च्याउ राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...