वामदेव गौतमले भने कास्की–२ मा उठ्दिनँ



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपा नेता वामदेव गौतमले पार्टीलाई कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने भएका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् । त्यहाँ स्थानीय नेतालाई नै चुनावमा उठाउन गौतमले अध्यक्षद्वयलाई आग्रह गरेका छन्।

२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए। यसअघि कास्की २ बाट गौतम उपचुनावमा उठ्ने चर्चा थियो।

हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...