सरोज पोखरेलको नेतृत्वमा बन्यो संयुक्त ब्यावसायिक टीम



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बैदेशिक राजेगार ब्यवसायीहरुले सवै पक्षलाई मिलाएर सरोजकुमार पोखरेलको नेतृत्वमा संयुक्त ब्यवसायिक प्यानलको नाम टुंगो लगाएको छ । आज भएको बैठकले नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको आगामी निर्वाचनमा पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा चुनावमा जान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट ब्यवसायीबाहेक सवैका साझा प्यानल बनाइएको हो ।

जसअनुसार पोखरेल नेतृत्वको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षत्री, दितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अत्तर हुसेन र महासचिवमा रामचन्द्र गिरी (आरसी) लाई उम्मेद्वार तय भएको छ । सो समुहले सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेजमाया लिम्बुलाई उम्मेद्वार बनाएको छ ।

यसैगरी १० जना सदस्यहरुमा होम तिमिल्सिना, सोम लामा,दलबीर भण्डारी, सरिता घले, बाबुराम खडका, ओमबहादुर न्यौपाने, केदारनाथ अधिकारी (जीतेन्द्र), बीरेन्द्र यादव, दोर्जे शेर्पा र नुर महम्मद मिँयालाई उम्मेद्वार बनाएको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्षका उम्मेद्वार पोखरेल संघका बर्तमान महासचिव हुनुहुन्छ । बैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, ब्यवस्थित र सवैको मनमा बस्ने संस्था बनाउन लामो समयदेखि क्रियाशिल पोखरेलको समुहमा ब्यवसायीमाथि आइपर्ने सवै खाले चुनौतीको सामना र सरकारसँग सहकार्य गर्न सक्षम टीम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...