सबै एकजुट हुनुको विकल्प छैन : मुख्यमन्त्री राई



हाम्रो इकोनोमि

मुख्यमन्त्री राईले चौथो संविधान दिवस मनाइरहदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेको प्रष्ट पारेको बताए ।

‘हामी तपाई र सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ’, मुख्यमन्त्री राईले भने ‘यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।’

उनले तीन तहका सरकारबीच शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको उनले बताए । संघियता कार्यान्यनको चरणमा द्विविधा र जटिलता आपसी छलफल, समन्वयबाट हल गर्ने संस्कृतिको विकास संघीय प्रणालीको अभ्यासमा सुखद् पक्ष भएको उनले बताए ।

चौथो संविधान दिवसक प्रदेश १ सरकारले विशेष कार्यक्रम गरी मनाएको छ । संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार शुक्रबार विराटनगरको शहीद रंगशालामा औपचचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए । ‘संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती पनि हो’ उनले भने ‘ संविधान स्वतः आफैं कार्यान्वयन हुने होइन । नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।’

तीनजनालाई सम्मान

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातीको झाँकी, विद्यार्थी, नेपाल प्रहरी ससत्र प्रहरी र नेपाली सेनाको टोलीले मार्च पास गरेको थियो ।  संविधान दिवस विशेष कार्यक्रमका अवसरमा प्रदेश सरकारले विभिन्न तीन विधामा योगदान पु¥याउने प्रदेश १ का तीनजनालाई सम्मान गरेको छ ।

प्रदेश १ सरकारले राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदिपकुमार राई) २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही कामिरिता शेर्पा र धाविका मिरा राईलाई जनही पाँच–पाँच लाख नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा झाँकी तथा मार्च पासमा उत्कृष्ट समुहलाई पुरस्कृति गरिएको थियो । मुल्याङकनका आधारमा झाँकी तर्फ किरात राई यायोख्खा विराटनगर समितिलाई नगद ३० हजार सहित प्रथम पुरस्कार प्रदान गरिएको थियो ।

वातर सरदार समाजलाई २० हजार सहित दोस्रो र मुडियारी मुण्डन समाजलाई नगद १० हजार सहित तृतीय पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै मार्च पास तर्फ पोखरी स्कुल विराटनगर प्रथम भएको थियो भने सत्यनारायण स्कुल विराटनगर दोस्रो भएको थियो ।

मुख्यमन्त्रीको सम्बोधनमा मैदान रित्तै

शुक्रबार बिहान प्रभाव फेरी निकालिएपछि सहिद रंगशालामा सुरु भएको कार्यक्रममा १० हजार भन्दाबढी मानिसको सहभागिता थियो । तर मार्च पास र झाँकी प्रदर्शनपछि मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा रंगशाला खाली भयो ।

विहान साढे नौ बजे मुख्यमन्त्रीले सम्बोधन गर्नुअघि विद्यार्थीसँगसँगै सरकारी कर्मचारी अन्य सहभागी पनि सभास्थलबाट बाहिरिए । निर्धारित समय भन्दा करिब आधा घण्टा ढिलो सुरु भएको कार्यक्रममा सरकारी कर्मचारीहरुलाई अनिवार्य उपस्थीतिकालागि उर्दी जारी भएको थियो । ¥यालीमा सहभागि भएका कर्मचारीहरु कार्यक्रम नसकी निस्किएपछि कार्यक्रम पनि चाँडै समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...