देश विकास सम्भव छ: प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शहर्मा ओलीले आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताएका छन् । सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरले जनतामा आशनाको सञ्चार गराएको उनले बताए । त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएको र आफ्नेा नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको उनले बताए ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ- हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’

‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ- निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मा देश बाँच्ने उनले बताए । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनिहरुप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले त्यही नै कोशिस गरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...