नेकपाका पूर्वसांसद हरि दाहालको निधन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’ निधन भएको छ । दाहालको शुक्रबार बिहान निधन भएको आफन्तले जनाएका छन् । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आएका दाहालको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्रबाराहीमा राखिनेछ ।

दाहाल ०५१ मा नेकपा (एमाले) को तर्फबाट संखुवासभाबाट निर्वाचित सांसदका रुपमा संसदमा प्रवेश गरेका थिए । जलविद्युत क्षेत्रका अभियन्ताका रुपमा उनलाई धेरैले चिन्ने गर्छन् ।

शुक्रबार बिहान दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा १० बजेदेखि ११ बजेसम्म राखिनेछ । उनको शुक्रबार नै अन्तिम दाहासंस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...