पर्यटनमन्त्रीको ‘क्वीक’ एक्सन : जहाज होल्डबारे तत्काल सुधार गर्न निर्देशन



हाम्रो इकोनोमि

 

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने ‘होल्ड’ मा बसेको सन्र्दमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारण सत्य तथ्य पत्तालगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति तथा सेवा सुविधा सुदृढिकरणको अयिभानमा जुटेका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री भट्टराईले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्य तथ्य पत्तालगाउन निर्देशन दिएकोे निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

उक्त प्राविधक समस्याका कारण विमानस्थलमा करिब दुई घण्टा जहाज अवतरण गर्न सकेका थिएनन् । प्राविधिक मर्मतपछि अहिले नियमित रुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलका अनुसार भीओआर र डीएमई उपकरण विहा १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि पुनः सेवा सुचारु गरिएको थियो । त्यस समयमा विभिन्न गन्तब्यबाट आएका सात वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकमा १० वटा हेलिकोप्टरकम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ तीन नेपालसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर ९करिब १०० अन्तर्राष्ट्रिसहित ४००० उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...