त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरण रोकियो



हाम्रो इकोनोमि

 

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

विमानस्थलमा केही प्राविधिक समस्या आएको र त्यसबारे बुझ्ने काम भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । उनका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ ।

७ वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् । आन्तरिक उडान भने सामान्य छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...