वायुसेवा निगम सुधारको प्रतिवेदन मन्त्री भट्टराईलाई हस्तान्तरण



हाम्रो इकोनोमि

 

नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । पर्यटनन्त्री योगेश भट्टराईलाई बुधबार प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले निगमको सुधारको प्रयास शुरु भएको बताए । ‘हाम्रो एकल निर्णयले सुधारको काम सम्भव हुँदैन,’ उनले भने,’ अब व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा पनि लाग्नुपर्छ । हाम्रो ध्यान अब त्यतातिर जान्छ ।’

उनले निगममाथि अब नेपाल सरकारले दायित्व बढाउने बताए । निगले सरकारसँग लगानी रहनेगरी २० अर्ब अनुदान मागिरहेका बेला मन्त्री भट्टराईले निगममाथि दायित्व बढाउन सरकार सकारात्मक रहेको बताए ।

‘यसमा एउटा मात्र अवस्था बिश्वासिलो आधारमा दायित्व थप्ने हो । व्यवस्थापकहरुले बिश्वासिलो आधार दिनुपर्छ । सरकार दायित्व थप्न तयार छ ,’ उनले भने ।

‘निगममा सरकारको वर्चस्च्व हुने गरी मात्र विदेशी रणनीतिक साझेदार भित्राउने हो । अब यसका लागि सर्वसाधारणबाट पनि सुझाव माग्छौं,’ उनले भने,’तत्काल सम्भव हुने काम अब सुधार गरिहालौं, म त्यसको शुरूवात गर्न निर्देशन दिन्छु ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...