वायुसेवा निगम सुधारको प्रतिवेदन मन्त्री भट्टराईलाई हस्तान्तरण



हाम्रो इकोनोमि

 

नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । पर्यटनन्त्री योगेश भट्टराईलाई बुधबार प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले निगमको सुधारको प्रयास शुरु भएको बताए । ‘हाम्रो एकल निर्णयले सुधारको काम सम्भव हुँदैन,’ उनले भने,’ अब व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा पनि लाग्नुपर्छ । हाम्रो ध्यान अब त्यतातिर जान्छ ।’

उनले निगममाथि अब नेपाल सरकारले दायित्व बढाउने बताए । निगले सरकारसँग लगानी रहनेगरी २० अर्ब अनुदान मागिरहेका बेला मन्त्री भट्टराईले निगममाथि दायित्व बढाउन सरकार सकारात्मक रहेको बताए ।

‘यसमा एउटा मात्र अवस्था बिश्वासिलो आधारमा दायित्व थप्ने हो । व्यवस्थापकहरुले बिश्वासिलो आधार दिनुपर्छ । सरकार दायित्व थप्न तयार छ ,’ उनले भने ।

‘निगममा सरकारको वर्चस्च्व हुने गरी मात्र विदेशी रणनीतिक साझेदार भित्राउने हो । अब यसका लागि सर्वसाधारणबाट पनि सुझाव माग्छौं,’ उनले भने,’तत्काल सम्भव हुने काम अब सुधार गरिहालौं, म त्यसको शुरूवात गर्न निर्देशन दिन्छु ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...