आजपनि दिनभर पानी पर्ने



हाम्रो इकोनोमि

 

हिजोबाट परेको झरी आज पनि दिनभर पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले भोलि बिहानसम्मको पूर्वानुमान सार्वजनिक गर्दै देशका मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित आज पनि दिनभर वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

केही स्थानमा पहिरो जान सक्ने र देशभरका नदीहरुमा पानीको वहा्व बढ्न सक्ने र सडक तथा हवाई यातायात पनि प्रभावित हुन सक्ने पनि महाशाखाले अनुमान लगाएको छ ।

त्यसका लागि सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेग गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहको महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी तथा मध्य भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको महाशाखाले बताएको छ ।

महाशाखाले बुधबार दिउँसो देशभर बदली रही पश्चिम तथा मध्य भू–भागका धेरै तथा बाँकी भू–भागहका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...