आज विश्वकर्मा पूजा, धातुजन्य उपकरणको पूजा गरिँदै



हाम्रो इकोनोमि

 

आज विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइँदैछ ।

नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ ।

गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ ।

यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।

यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । यसै अवसरमा जनकपुर, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गरी गरिन्छ ।

फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...