मलेसिया जाने कामदारको मेडिकल शुल्क झन बढ्यो, अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्ने



हाम्रो इकोनोमि

 

मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ ।

नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपैयाँ थप हुनेछ । यो रकम परीक्षणका क्रममा कामदारले नै तिर्नेछन् । उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।

सरकारले कामदारको मृत्युदर घटाउन स्वास्थ्य परीक्षणमा मुटु लगायतको पनि जाँच गर्नुपर्ने भनेपछि शुल्क बढेको बताएको छ । तर, यो रकमको भार रोजगारदातालाई नै पर्ने भएकाले कामदारले यसबाट ठगिने अवस्था नआउने श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ ।

तर, रोजगारदाताले यस्तो रकम तलवबाटै घटाएर भुक्तानी गरे वा भुक्तानी नै नगरे कामदारले त्यहाँ ७६ सयरका लागि कानूनी लडाइँ नै लड्नुपर्ने अवस्था आउने देखिन्छ ।

सरकारले १५ महिनापछि गत आइतबारबाट मलेसियाको रोजगारी खुला गरेको छ । अहिले मलेसिया जाने कामदारले पुरानै ३६ वटा स्वासथ्य संस्थाबाट मेडिकल गराउन सक्नेछन् । नोभेम्बरपछि मलेसियाले सरकारले प्रस्ताव गरेका ८६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेर तीनलाई पनि स्वास्थ्य परीक्षणमा सहभागी गराउने सहमति भएको छ ।

नेपाल मेडिकल व्यवसायी संघले भने सरकारले मलेसियसँग गरेको यो सहमतिको विरोध गरेको  छ । संघले एक विज्ञप्ति जारी गरेर सरकारले सिन्डिकेट तोड्न भन्दै सरकारले देखाएको अग्रसरताको परीणाम भने नयाँ संस्थाले महसुस गर्न नपाएको बताएको छ । पुरनै ३६ संस्थालाई मात्र अनुमति दिइएपछि उसले श्रममन्त्रीसँग विभिन्न प्रश्नहरु उठाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...