राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव नै रिजेक्ट गर्ने यी सुन्दरी



 

के हुन्छ जब राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव कुनै युवतीले लत्याउने काम गर्छिन ? सायद धेरैले त यो कुरालाई विश्वास पनि गर्न सक्दैनन् । तर विश्वकै सर्वाधिक लोकप्रीय रोमानियाली जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीलाई निकु चोसेस्कोले औधी मन पराए र प्रेम प्रस्तावसम्म राखे ।

रोचक कुरा के भने नादियाले प्रेम प्रस्ताव अस्वीकार गरिन् । पद र प्रतिष्ठाको लालचा देखाए पनि उनले अस्विकार गरिन् । विवाहका लागि राष्ट्रपति पुत्रले हर सम्भव प्रयास गरे तर सफल भएनन् । एउटा कुरा के पनि हो भने प्रेम र विवाह जर्बजस्ती हुनसक्दैन ।

त्यसकारण पनि निकुको पद, प्रतिष्ठा र पैसाले सच्चा प्रेमको दरबार बनाउन सकेन । निकु रोमानियाका कम्युनिष्ट शासकका प्रीय छोरा थिए । हामीले जस्तै शक्ति केन्द्रमा रहेका निकुले नादियाले सहजै प्रेम प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरेका थिए । परिस्थिति उनको सोचभन्दा भिन्न भयो । नादियाले निकुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएपछि आक्रोशित भए ।

मन परेको स्त्री प्राप्त गरिछाड्ने स्वभावका निकु नादियाको प्रेम प्रस्ताव अस्वीकृतिले थप तनाबमा पनि परे । नशा नशामा राजहठ बग्ने गरेको उनी चुप लागेनन् । नादियालाई आफ्नो बनाई छाड्ने उद्देश्यका साथ लागिपरे । स्त्रीहठ त्याग्ने वाध्यात्मक अवस्था सृजना गर्न रणनीतिहरू चाले ।

केही सीप लागेन । नादिया टसमस भइनन् । उनले जति प्रयास गर्दा पनि निकुलाई घृणा गर्न थालिन् । रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई चोसेस्कोका छोरा निकु चोसेस्कोलाई नादियाले प्रेम प्रस्ताव अस्वीकार गर्नुलाई प्रतिष्ठाको विषय बनाए र यसलाई इगोको रुपमा लिएर गए । आकर्षक शरीर, उज्यालो मुहार अनि विशिष्ट खेलाडीको पहिचान बनाएकी नादियाको लागि प्रेमपागल बन्ने उनीबाहेक धेरै थिए ।

लाखौं मनपराउनेमध्ये निकु पनि एक थिए । निकु कुनैपनि हालतमा नादियालाई आफ्नो बनाउने प्रयासमा लागे । अस्वीकृती जनाएपनि जर्बजस्ती आफ्नो बनाउने रणनीति बुने । प्रेम पाउने नाममा शक्तिको गलत प्रयोग पनि गर्न भ्याएका थिए । नादिया निकुको प्रेमिका वा पत्नी भएर ऐस गर्नुभन्दा कठोर जीवन बाँच्ने निष्कर्षमा पुगिन् ।

सम्बन्ध नबनेपछि निकुको एकोहोरो प्रेमले खतरनाक परिस्थिति जन्मायो । राज्यले नादियालाई खेलाडीका रुपमा दिदै आएको सुविधा रोक्न आदेश गर्यो । राष्ट्रपतिका छोराले यति गर्दा उनी आत्मसमपर्ण गर्ने उदेश्यले यसो गरेका थिए । दृढ र निडर नादिया पछि हटिनन् ।

मानसिक तनाव निरन्तर दिइयो । नादियाको प्रेमी बन्न धेरै रोमानियाली आतुर थिए तर निकुको डरले अघि सर्न सकेनन् । आफूमाथि एकतर्फी प्रेमका नाममा समस्या खडा गर्न खोज्ने शासक पुत्रबाट वाक्क दिक्क भएर नादिया अमेरिका पलायन भइन् ।

तानाशाह पिताको छोराबाट त्यसै दिनबाट मुक्ती पाइन् । रोमानियामा जन्मे हुर्केकी महान् जिम्न्याष्ट् नादिया कोमानेसीका लागि सुन्दरता आफ्नै लागि घातक बन्यो । मातृभूमीमा टिक्न बस्न सकिनन् । २० औं शताब्दीको अन्तसम्म जिम्न्यास्टिकबाट विश्वलाई चकित पार्ने नादिया आजकल प्रशिक्षक भएर बाँचेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्