उपेन्द्र यादवलाई सरकारबाट हटाउने प्रधानमन्त्रीको गोप्य तयारी



हाम्रो इकोनोमि

 

सरकारले संविधान दिवस मनाउन असोज ३ गतेका लागि विभिन्न तयारीहरू गरिरहेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेको छ ।

नयाँ संविधानअनुसार मन्त्री पदमा बसिरहेका उपप्रधानमन्त्री यादवले असोज तीन गतेको संविधान दिवस नमनाउने निर्णय सुनाएका छन् । मन्त्री यादवको पार्टीले गरेको निर्णयले सत्तारुढ दलहरूभित्र तरंग ल्याइदिएको छ ।

सामाजिक सञ्जालमा संविधानअनुसार मन्त्री पद र अन्य सुविधा लिने तर, त्यही संविधानको दिवस नमनाउने निर्णय गर्ने समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवलाई मन्त्री पदबाट हटाउन माग उठेको छ ।

सामाजिक सञ्जालमा समाजवादी पार्टीलाई छिटोभन्दा छिटो सरकारबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।

यादवको यो निर्णयले सबैभन्दा धेरै तरंग तराईमा ल्याइदिएको छ । समाजवादी पार्टीकै नेतृत्वमा प्रदेश २ मा सरकार पनि छ । प्रदेश सरकारको नेतृत्व गर्ने दलले नै दोहोरो चरित्र देखाएपछि सरकारबाट हटाउन माग उठेको हो ।

सरकारले तीन दिनसम्म दिवसलाई उल्लासपूर्ण रुपमा मनाउन अपील गरेको छ । आफ्नै सरकारको अपीललाई लत्याउँदै यादवले संविधान दिवस नमनाउने निर्णय गरेका हुन् ।

समाजवादी पार्टीले ‘कालो दिवस’ नमनाउने र त्यस्ता खालका कार्यक्रममा सहभागी समेत नहुने जनाएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...