अछाममा नेपाली कांग्रेस नेताद्वारा केन्द्रीय प्रतिनिधिको धुलाई ।



हाम्रो इकोनोमि

 

काँग्रेसको गाउँ जागरण अभियानमा अछाम जिल्लाको क्षेत्र नं २ आएका केन्द्रीय प्रतिनिधि मदन गिरीको रामधुलाई भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत हिजो रहफमा कार्यक्रम गरि फर्किने क्रममा दैलेखको टुनिबगरमा मदिरा सेबन गरि अछाम क्षेत्र नं २ प्रदेश ‘क’का कांग्रेस सभापति टंक धामीले मदिराको मातमा आफ्नै नेता मदन गिरीको तथा यज्ञ प्रसाद ढकालको रामधुलाई गरेका हुन । मनमौजी शैलीका धामी मदिरा सेवन गरेपछि कसैलाई पनि बाँकि नराख्ने अराजक मानिन्छन ।

सुरा र सुन्दरीका शौखिन धामीले आफूलाई कसैले छुन पनि नसक्ने भन्दै केन्द्रीय प्रतिनिधी गिरीलाई भकुरेका थिए । गिरीलाई बचाउँन जाँदा नेता धामीले काँग्रेस नेता यज्ञ ढकाललाई पर्यटकले धेरै बोल्ने भन्दै भकुर्न भ्याएका थिए । मदिरामा उन्मत्त भएका धामीले जस्लाई भेट्यो त्यसैलाई ठोक्न थालेपछि जागरण अभियानमा सहभागी नेता कार्यकर्ताको भागमभाग भएको थियो मदिराको मातमा आफ्नै नेताहरु कुट्ने धामी नेपाली कांग्रस अछाम क्षेत्र नं २ का सचिब समेत रहेका छन ।

  

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...