ज्ञानेन्द्र शाही थुनामुक्त



हाम्रो इकोनोमि

 

अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ ।

शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शाहीका लागि यो सुध्रने मौका रहेको र अबदेखि अभद्र व्यवहार नहुने अपेक्षा प्रहरी लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंह चन्दले जानकारी दिनुभयो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे स्पष्टिकरण दिन पुल्चोकमा पत्रकार सम्मेलन गरेको ठाउँमा धकेलाधकेल भएपछि प्रहरीले उहाँलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

यसैबीच प्रहरी हिरासतबाट मुक्त भएका शाहीले पत्रकार सम्मेलन गर्दै आफूले कसैलाई अभद्र व्यवहार नगरेको बताउनुभएको छ ।

साथै आइतबार भएको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्नेलाई कारवाही गर्न पनि शाहीले माग गर्नुभएको छ । पत्रकारको भेषमा आएका सरकार समर्थित विद्यार्थीसंगठनका नेताहरु आएर गुण्डागर्दी गरेको पनि उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...