चितवनमा अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा



हाम्रो इकोनोमि

 

विगत दुई वर्ष यता फुल ९अण्डा०को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका  छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु २२५ हाराहारीमा बिक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।

दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताउनुभयो । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् ।

पूर्वी चितवनमा कुखुरा पाल्दै आउनुभएका सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रु सात हाराहारी मात्र पाउन सकेको बताउनुहुन्छ । एउटै अण्डामा रु तीनभन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो ।

केही महीनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु १२० सम्म झरेको भन्दै उहाँले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताउनुभयो । देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहारेको ओलीले बताउनुभयो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने काम सङ्घले गरिरहेको उहाँले बताउनुभयो ।

पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले व्यवसायीबीचको आन्तरिक समस्याका कारण मूल्यमा वृद्धि हुन नसकेको बताउनुभयो । यसअघिको सङ्घको केन्द्रीय समितिलाई अविश्वास गर्दै बीचमा नै विशेष अधिवेशन गरेपछि पुरानो र नयाँ समितिको बीचमा समन्वय हुन सकेको छैन । यसकै कारण पनि मूल्यमा समस्या आएको भनाइ भट्टराईको छ ।
सप्लायर्सबीचको तालमेलको अभावमा पनि समस्या देखिएको भन्दै उहाँले व्यवसायी र सप्लायर्सका बीचमा बृहत् भेला गरेर समस्याको निकास निकाल्नुपर्ने सुझाव दिनुभयो । कुखुरा व्यवसायी मदन पोख्रेल उत्पादन बढी भएको तर खपत गर्न नसकेका कारण कृषकले मूल्य नपाएको बताउनुहुन्छ । साना किसानको खोर खाली हुन थालेको र ठूलाले एक बैंकबाट अर्कोमा ऋण सारेर रकम बढाउँदै पेशा धान्ने काम मात्र गरिरहेको पोख्रेलको भनाइ थियो ।

सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल व्यवसायीबीचमा एकापसमा लडाइँ गर्दा आफँै सिद्धिने भएकाले मिलेर जानुको विकल्प नभएको बताउनुहुन्छ । व्यवसायीबीचमा समन्वयकै कमीले तालमेल नमिल्दा अण्डाले मूल्य पाउन नसकेको उहाँको भनाइ छ । देशमा आत्मनिर्भर यस पेशालाई बचाई राख्नका लागि राज्यले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । पोल्ट्री क्षेत्रमा लगानी भएको रु एक अर्बभन्दा बढीमध्येको आधा हिस्सा अण्डा उत्पादनमा लगानी भएको उहाँ बताउनुहुन्छ ।

अण्डा उत्पादन गर्ने कृषकले मूल्य नपाए पनि किनेर खाने उपभोक्ताले भने प्रतिगोटा रु १५ हाराहारी तिर्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच तह पार गर्नुपर्ने भएकाले विचौलियाले लाभ लिए पनि कृषक र उपभोक्ता दुवै ठगिएका छन् । हाल नेपालमा सात हजारभन्दा बढीले कुखुरा पालेको अनुमान छ । उनीहरुका फार्ममा दुई लाखभन्दा बढी मजदुरले काम गर्ने कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...