तेस्रो मिस ग्रान्ड नेपाल २०१९ प्रीति पौडेल



हाम्रो इकोनोमि

 

मिस ग्रान्ड नेपाल–२०१९ ईन्टरनेसनल को उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन् । मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपाल२०१९ को टप शोह्रमा सहभागी बनेकी प्रीतिलाई मिस टुरिजम नेपाल २०१८ की विजेता आस्था साखाले ताज पहि-याइदिएकी थिइन् । मिस ट्यालेन्ट र मिस फोटोजेनिकको अवार्ड पनि हात पारेकी उनले नगत रु : ६००००/ गोल्ड थान्का ५०००० बराबरकोर कम्पनी ब्रान्ड सहित यही अक्टोबरमा मलेसियामा हुने मिस टुरिजम इन्टरनेसनल–२०१९ ,तथा अन्य इन्टरनेसनलमा सहभागिता जनाउने छिन् ।

आरके इन्टरटेनमेन्टले शनिबार कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरको हलमा आयोजना गरेको प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धालाई पछाडी पर्दै । कार्यक्रममा मुख्य उपाधिसहित चार शीर्ष विजेता घोषणा गरिएको यो नेपालको सेकेन्ड इन्टरनेसनल प्याजेन्ट हो । प्रतिस्पर्धामा मिस ग्रान्ड स्क्युवा नेपाल श्रद्धा सिलवाल, मिस ग्रान्ड ल्यान्डस्केप अस्मिता ढुंगाना र मिस ग्रान्ड मल्टिनेसनल नेपाल आशा कार्की भए निज हरुलाई पनि रु पचास पचास हजार को चेक साथै रु पचास हजार बराबरको गोल्ड थान्का पनि दिईएको थियो ।

मिस ग्रान्ड मल्टिनेसनल नेपालका विजेता मलेसिया र मिस ग्रान्ड स्क्युवा नेपाल विजेता चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने छन् । आर के ईन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको यस बर्षको ‘मिस ग्रान्ड नेपाल २०१९ ’मा रामहरी सिल्वाल , सरोज प्याकुरेल , मिस नेपाल सदिक्क्ष श्रेष्ठ , रडियो नेपाल बाट भारत बोम्जन , ईम्पायार भिसा सर्भिसेश बाट प्रीति थापा निर्णायकको रुपमा रहेका थिए । प्रतियोगीतामा विभिन्न १३ विधामा टाइल अवार्ड पनि दिइएको थियो ।

टाइटल अवार्डका विजेताहरुको नामाबली यसप्रकार छः प्रतियोगितामा बेस्ट पर्सनालिटी, मल्टिमिडिया र कल्चर कस्टम्सको उपाधि -श्रद्धा सिलवाल, बेस्ट फिगर – विमला निरौला, बेस्ट वाक – पुजा सिंह राजवंशी, रिपोर्ट–राइटिङ आशा कार्की कन्जिलीटी – कसिस ससंकरले पाए । उक्त कार्यक्रमलाई ईम्पायर भिसा सर्भिसेश ,ड्राइगन ईन्भेस्मेंट , अमन्ना ट्रावल ,कनेक्टू नेपाल ,के सी डान्स अमेरिकाले ईस्पोंशर ,तथा सपोट गरेका थियो । तेस्रो मिस ग्रान्ड नेपाल २०१९ मा रोजिन शाक्यले कोरियोग्राफी तथा कार्यक्रम संचालन बाट कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...