बारामा विप्लवका ठूला नेता पक्राउ



हाम्रो इकोनोमि

 

जिल्ला प्रहरी कार्यालय बाराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ल ईञ्चार्जलाई पक्राउ गरेको छ । नेकपाको बारा जिल्ला ईञ्चार्ज आतिश मिश्रलाई शुक्रबार परवानीपुरबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

मिश्रलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । उनले लुकेर आफ्ना गतिविधिहरू चलाउँदै आएका थिए । बारा प्रहरीले मिश्रलाई जेठ महिनामा सिमरामा भारतीय नम्बर प्लेटको गाडी जलाएको अभियोगमा खोजतलास गर्दै आएको थियो । मिश्रविरुद्ध बारा प्रहरीले विभिन्न दुई वटा मुद्धा चलाएको छ ।

खोजी सूचीमा रहेका ३३ वर्षीय आतिश मिश्रलाई बारा प्रहरीले लामो समयपछ पक्राउ गरेको हो । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । उनीहरूको गतिविधिलाई प्रहरीले निगरानी गर्दै आएको छ । यसैबीच, वन मुद्दामा अदालतबाट सजाय पाई १५ वर्षदेखि फरार रहँदै आएका छेदुर चौरसियालाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २८ वर्षीय चौरसियालाई पक्राउ गरिएको एसपी खनालले बताए ।

चौरसियालाई जिल्ला अदालत बाराले २०६१ साल चैत १६ गते वन मुद्दामा एक वर्ष कैद ठहर गरेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए । चौरसियालाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका चौरसियालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...