राष्ट्रपतिलाई बसन्तपुरमा कालो टिसर्ट



हाम्रो इकोनोमि

 

प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।

प्रहरीले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध ललितपुर गोदावरी ५ का नारायण अर्याल, काठडमाडौं महानगरपालिका २१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका २० का सुनील लामालगायतलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नेपाल प्रहरीका पूर्व डीआईजी र नेपाली सेनाका पूर्वसमेजरसमेत रहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए । उनले  भने, ‘योजना बनाउँदै गर्दा सेनाका पूर्वमेजर पनि समातिएका छन् ।’ यद्यपि, उनले मेजरको नाम भने खुलाएनन् ।

अहिले वसन्तपुरमै भएकाले पक्राउ पर्नेको यकिन संख्या पनि खुलिनसकेको उनले बताए । उनले भने, ‘उनीहरु व्यवस्थाविरुद्ध नै नारावाजी गर्ने योजनामा थिए ।’

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...