सिद्धबाबा सडक खण्डमा पहिरोले २ जीप पुर्‍यो : १ जनाको मृत्यु, ४ जना घाइते



हाम्रो इकोनोमि

 

सिद्धबाबा सडक खण्डमा पहिरोले २ जीप पुरिँदा १ जनाको मृत्यु भएको । घटनामा अन्य ४ जना घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाकाे दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका कमल परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार परियारकाे घटनास्थलमै मृत्यु भएको हो । सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

त्यस्तै, लु २ च ५९३८ नम्बरको स्कार्पियो जीप पनि सुख्या पहिरोमा परेको थियो । यद्यपि, स्कार्पियोमा सवार व्यक्तिहरू भने सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।

पहिरो खसेको १ घण्टापछि सडकको अवरोध हटाएर सवारी एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...