असोज पाँच गतेदेखि खुल्ने भयो दसैँको अग्रिम टिकट, भाडा नबढ्ने



हाम्रो इकोनोमि

 

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ  । महासंघका महासचिव सरोज सिटौला, काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) भीम ढकालले बिहीबार कोटेश्वरमा काउण्टरका कर्मचारीहरूलाई ड्रेस वितरण गरेका छन्  ।

महासंघले उपलब्ध गराएको पोशाक लगाएका र परिचयपत्र बोकेका कर्मचारीसँग मात्र टिकट लिन आग्रह गर्दै सिटौलाले तोकिएको स्थानमा यातायातका कर्मचारीबाट मात्र टिकट लिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...