अन्नपूर्ण होटलकी सीईओ राणाले ७ करोड भ्रष्टाचार गर्न खोेजेपछि…



हाम्रो इकोनोमि

 

नेपाल ट्रष्टको सेयर रहेको अन्नपूर्ण होटलले निर्माण गर्न लागेको क्यासिनो भवनमा ७ करोड रुपैयाँ घुसको चलखेलमा ठेक्का दिने तयारी भइरहेको छ । क्यासिनो भवन निर्माणमा ७ करोड रुपैयाँ बढी दरमा टेण्डर हालेको निर्माण कम्पनीको बोलपत्र स्वीकृत गर्ने चलखेलमा अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) सिर्जना राणा लागेकी छन् ।

 

अन्नपूर्ण होटलले क्यासिनोको भवन निर्माणका लागि १ महिनाअघि टेण्डर गरेको थियो । जुन टेण्डरको मूल्यांकन भइरहेको छ । नेपाल ट्रष्टको समेत ५ प्रतिशत लगानी रहेको अन्नपूर्ण होटलकी सीईओ सिर्जना राणाले ४ वटा कम्पनीले क्यासिनो भवन निर्माणमा बोलपत्र पेश गरेकोमा सबैभन्दा कम दरमा प्रस्ताव गर्ने…लाई नदिई ७ करोड बढी दररेट पेश गरेको कविन्द्र निर्माण सेवालाई ठेक्का दिन जबर्जस्ती गरिरहेकी छन् । भवन निर्माणका लागि सीई कन्ष्ट्रक्सन, आदर्श निर्माण सेवा, कविन्द्रमान निर्माण सेवा, गार्गी नमूना निर्माण सेवाको प्रविधिक प्रस्ताव उपयुक्त देखिएपछि छानिएका थिए ।

 

छानिएकामध्ये सीईले ४४ करोड रुपैयाँमा बनाउने बोलपत्र पेश गरेको थियो । आदर्शले ३८ करोड ३० लाख रुपैयाँ, कविन्द्रमानले ३५ करोड ९५ लाख र गार्गीले २८ करोड ९८ लाख रुपैयाँमा क्यासिनो भवन निर्माणको टेण्डर दाखिला गरेका छन् । यीमध्ये सार्वजनिक खरिद ऐन अनुसार गार्गीको टेण्डर स्वीकृत गर्नुपर्छ । प्राविधिक प्रस्ताव पास गरिसकेकाले अन्नपूर्ण होटलले क्यासिनो भवनको निर्माणको ४ वटा कम्पनीमध्ये कम दरमा हाल्नेलाई नै दिनुपर्ने हुन्छ ।

 

सरकारको पनि लगानी भएकाले सार्वजनिक खरिद ऐन लागू गर्नैपर्ने हून्छ । तर अनपूर्ण होटलकी सीईओ राणाले गार्गीभन्दा ६ करोड ९७ लाख रुपैयाँ बढी रकम कबोल गर्ने कविन्द्रमानलाई दिने चलखेलमा लागेकी छन् । बोलपत्र मूल्यांकनका क्रममा उनले कविन्द्रमानलाई दिन चर्को दबाब दिएपछि होटलका मजदुरहरु पनि देखादेखी ७ करोड भ्रष्टाचार हुन नदिन पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार मागिरहेका छन् । सीईओ राणाले टेण्डरमा चलखेल गरी ७ करोड घोटाला गर्न खोजेपछि क्यासिनो भवन निर्माण सुरु नै हुन बिलम्ब भइरहेको छ । अन्नपूर्ण कफिसपको पछाडि क्यासिनो भवन बनाउन गरिएको टेण्डरमा सीईओ राणाको कमिसनमोह प्रकट भएपछि ठेक्का पं्रक्रिया नै अवरुद्ध छ ।

 

नेपाल ट्रष्टको ३० हजार ६ सय २२ कित्ता सेयर रहेको अन्नपूर्ण होटलकी सीईओ राणामाथि ऐन नियम मिचेर निर्माण क्षेत्रमा पेटी कन्ट्याक्टको काम गर्ने कविन्द्रमानलाई ३५ करोडको ठेक्का दिएर ७ करोड घुस खान खोजेको आरोप छ । ७ करोड बढी कबोल गरेको र निर्माण जगतमा ठूला भवन बनाएको अनुभव नै नभएको कविन्द्रमानलाई ठेक्का दिन उनी हरतरहले लागेकी छन् । होटलको मुनाफाको ७ करोड रकम भवन निर्माणमा सकेर मजदुरलाई दिनुपर्ने बोनस र आयकर समेत छल्न राणा उद्यत भएर लागेकी छन् । मजदुरलाई मुनाफाको १० प्रतिशत बोनस दिनुपर्छ । ७ करोड मुनाफा भए मजदुरले ७० लाख बोनस पाउँछन् ।

 

होटल मुनाफामा हुँदा मजदुरलाई बोनस दिनुपर्ने हुन्छ । तर ७ करोड रुपैयाँ घुस खाने र मजदुरलाई मुनाफा नभएको भनी बोनस नखुवाउने दाउ सृजना राणाको रहेको आरोप होटलका मजदुरहरुको छ । होटलको ट्रेड युनियनलाई पनि सृजना राणाले ७ करोड बढी कबोल गर्ने कविन्द्रमानलाई नै दिने पक्षमा भित्रभित्रै सहमत गराइसकेको ट्रेड युनियनमा आवद्ध नभएका होटलका मजदुर बताउँछन् । होटलको ट्रेड युनियन नेतृत्व पनि राणाको प्रलोभनमा परी कम दरमा निर्माण गर्ने प्रस्ताव गरेको गार्गीलाई ठेक्का नदिई कविन्द्रमानलाई नै दिने पक्षमा चुपचाप बसेको छ । ७ करोड मुनाफा भए ७० लाख बोनस दिदां करिब २ सय ५० होटलका मजदुरले प्रतिब्यक्ति २८ हजारको हाराहारीमा पाउने थिए ।

 

तर क्यासिनो भवन निर्माणमा ७ करोड बढी रकम कबोल गर्नेलाई ठेक्का दिएर त्यो रकम कमिसन लिने, मजदुरको गाँस खोस्ने र कर छल्ने दाउमा राणा छिन् । भवन निर्माणको बिषयमा क्यासिनो र होटलबीच कुरा नमिलेपछि क्यासिनो एक प्रतिष्ठित कन्सलट्यान्टकोमा पुगेको स्रोतले बतायो । स्रोतका अनुसार ती कन्सलट्यान्टले हालसम्म भवन निर्माण सुरु नहुनुको कारण टेण्डरमा भइरहेको चलखेल भएको स्पष्ट पारेको बुझ्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...