मन्त्रिमण्डल पुनर्गठनको तयारीः यी हुन् ‘आउट र इन’ हुनेहरू (नामसहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्य शुरु गरेको जानकारी प्राप्त भएकाे छ । प्राप्त समाचारअनुसार केपीले यसै साता पुनर्गठन गरिसक्ने योजना बनाएका थिए, चिनियाँ विदेशमन्त्रीको भ्रमणका कारण पुनर्गठन केही पछि सरेको बुझिएको छ । चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किएलगत्तै पुनर्गठनलाई अन्तिम रूप दिन गृहकार्य शुरु गरिँदै छ ।

पुनर्गठित मन्त्रिमण्डलमा केही नयाँ व्यक्तिहरूलाई सामेल गरिने जानकारी प्राप्त भएको छ । नयाँ व्यक्तिहरूमा हृदयेश त्रिपाठी, सुरेन्द्र पाण्डे, लीला श्रेष्ठलगायतको चर्चा उच्च तहमा चलेको छ । यस्तै, मन्त्रिमण्डलबाट बिदा पाउनेहरूमा मातृका यादव, गोकर्ण विष्ट, लालबाबु पण्डित, युवराज खतिवडा, चक्रपाणि खनाल, थममाया थापामगर र रघुवीर महासेठको नाम अग्रपङ्क्तिमा रहेको छ ।

सरकारलाई बदनाम र अलोकप्रिय तुल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभा सदस्यको आफ्नो कार्यकाल माघसम्म रहेकोले त्यस समयसम्म आफूलाई यथावत् राखिदिन अनुनयविनय गरिरहेका छन् । खतिवडाको रुवाबासीको प्रभाव प्रधानमन्त्रीमाथि पऱ्यो भने आगामी पाँच महिनासम्म यिनैलाई व्यहोर्न मुलुक बाध्य हुनेछ । मन्त्रिमण्डलमा प्रदीप ज्ञवालीलगायत केहीको विभाग परिवर्तन हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...