आर्यघाटमा आरतीअघि राष्ट्रिय गान बजाउन रोक्ने संस्थालाई कारबाही गर्ने तयारी



हाम्रो इकोनोमि

 

शुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो। आर्यघाटमा मानिसहरू शोकमा भएका बेला राष्ट्रिय गान बजाउन निर्देशन दिएको भन्दै कतिपयले विरोध गरेका थिए।

विरोधपछि दश वर्षदेखि आरती गर्दै आएको गंगा आरती परिवारले सोमबार साझँबाट आरती बन्द गरेको थियो। कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशनविपरीत आरती रोकेको भन्दै कारबाही अघि बढाउन लागेको हो।

‘हामीले निर्देशन दिएर राष्ट्रिय गान बजाउन सुरू गरिएको थियो। उहाँहरुले हिजो आफैं बन्द गर्नुभएछ,’ कोषका सदस्य सचिव प्रदीप ढकालले सेतोपाटीसँग भने, ‘मैले छलफलका लागि बोलाएको थिएँ, उहाँहरू आउनु भएन।’

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...