वामदेवलाई ज्वरो, डेंगुको आशंका



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ज्वरोले सताएपछि डेंगुको आशंकामा रगतको जाँच गरिएको छ ।

सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए ।

गौतमनिकट स्रोतले भन्यो, ‘ज्वरो आएकाले अहिले उहाँ घरैमा आराम गरिरहनुभएको छ, सोमबार परीक्षणका लागि दिइएको रगतको रिपोर्ट आउन बाँकी छ ।’

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको थियो । मन्त्री खनाल ग्राण्डीमा उपचार गरेर सोमबार डिस्चार्ज भएका छन् ।

त्यस्तै डा. सन्दुक रुइतको परिवारमा पनि डेंगुको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...