चन्द्रागिरि पुगे चिनियाँ विदेशमन्त्री वाङ
काठमाडौं भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आज बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि पुगेका छन् ।
उनीसहितको टोली पर्यटकीय स्थल चन्द्रागिरि अवलोकनका लागि पुगेको हो । प्रहरीले उनी बसेको होटलदेखि चन्द्रागिरिसम्मको सुरक्षा व्यवस्था मजबुत बनाएको छ।
चन्द्रागिरि क्षेत्र सुरक्षाका लागि महानगरी प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको थियो ।
तीन दिने नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ आइतबार काठमाडौं आइपुगेका हुन् ।
विदेशमन्त्री वाङले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै छन् भने दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको टोलीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


