डा. सन्दुक रुइत र उनका दुई छोरीलाई नै डेंगु



हाम्रो इकोनोमि

 

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारत सरकारले समेत प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मान गरेको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल पनि डेंगुबाट संक्रमित छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नेपालमा अहिले फैलिँदै गएको छ । हालसम्म सरकारले डेंगुको कारण चार जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...