मंगलबारदेखि भारतबाट पाइपलाइनमा पेट्रोलियम नियमित



हाम्रो इकोनोमि

 

मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ स्वीच अन गरी उद्घाटन गरेपछि पेट्रोलियम नियमित हुने जनाइएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादवका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । दैनिक २० घन्टासम्म यसरी तेल नियमित रुपमा आउने छ । दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई गरी ४ ट्यांकीमा अमलेखगञ्ज डिपोमा तेल जम्मा हुनेछ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...