भीभीआईपीका लागि डेढ अर्बको हेलिकप्टर खरिद



हाम्रो इकोनोमि

 

सरकारले भीभीआईपी र विदेश पाहुनाका लागि डेढ अर्बमा विशेष सुविधासहितको हेलिकप्टर खरिद गरेको छ । अन्तराष्टिय समिनारमा छिमेकी देशका अति विशिष्ट पाहुनाहरु नेपाल आउने गर्दछन् । ति पाहुनालाई एक ठाउँबाट अर्काे ठाउँमा लिन नेपाली सेनाको हेलिकप्टरको सहयोग लिनुपर्ने बाध्यता थियो ।

नेपाल सरकारसँग आफ्नो कुनैपनि हवाई साधन छैन । सरकारलाई आवश्यक पर्ने हवाई साधनहरु पछिल्लो समय खरिद हुन थालेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका लागि विशेष हेलिकप्टर प्रयोगमा आउने भएको छ । सरकारले इटालीको अगुस्ता वेस्टल्यान्डसँग हेलिकप्टर सम्झौता गरेको छ । आगमी मंसिरभित्र नेपाल आउने गरी सम्झौता गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन भर्न सकिने हेलिकप्टरको मुल्य डेढ अर्ब पर्ने भएको छ । विशेष हेलिकप्टर उडानका लागि नागरिक उड्ड्यन प्राधिकरणले एक जना निरिक्षक पाइलट र नेपाली सेनाले तीन पाइलट ‘टाइप कनभर्जन’ प्रशिक्षणका लागि इटाली र अमेरिका पठाएको छ । चार पाइलटले अहिले प्रशिक्षण लिइरहेका छन् । डेढ महिना प्रशिक्षण सकिएपछि उनीहरुले परिक्षण उडान मलेसियामा गर्ने भएका छन् ।

अगुस्ता वेस्टल्यान्ड कम्पनीबाट एक बर्षअघि एउटा हेलिकप्टर नेपाल ल्याइएको थियो । जनु अहिले विपद् व्यवस्थापन र सेनाको काममा प्रयोग भइरहेको छ । अब आउने विशेष हेलिकप्टर नागरिक उड्यन प्राधिकरणका नाममा दर्ता भएपनि रेखदेख भने नेपाली सेनाले नै गर्ने छ । भीआईपी र भीभीआईपीका लागि नेपाली सेनासँग चार हेलिकप्टर छन् । दुई हेलिकप्टर बेचिएको छ भने एउटा विग्रिएको अबस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...